ओली प्रतिगमनविरुद्ध विशाल जनप्रदर्शनमा सहभागी बन्न प्रचण्ड-नेपालको आग्रह (भिडियोसहित)



न्युज अफ नेपाल, काठमाडौँ ।

नेकपा प्रचण्ड–नेपाल समूहले माघ २८ गते काठमाडौँमा हुन गइरहेको जनप्रदर्शन तथा विरोधसभामा सबैलाई सहभागी बन्न आग्रह गरेको छ । अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेकपाको एक भिडियोमार्फत ओली प्रतिगमनविरुद्धको विशाल प्रदर्शन र विरोधसभामा सबैलाई सहभागी बन्न आग्रह गरेका छन् ।

उक्त भिडियो सन्देशमा प्रतिगमनलाई परास्त गर्ने र संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने अभियानका रुपमा सभा र जनप्रदर्शन राखिएको प्रचण्डले बताएका छन् ।

‘म यो ऐतिहासिक घडीमा सम्पूर्ण नेपाली जनसमुदायहरुसँग हामी सवैले लडेर प्राप्त उपलब्धिको रक्षा गर्नका निम्ति माघ २८ गते काठमाडौँको विरोध प्रदर्शनमा सहभागी हुन र प्रतिगमनलाई परास्त गर्न अपील गर्न चाहान्छु’, अध्यक्ष प्रचण्डले भने । केन्द्रीय संघर्ष समितिको आयोजनामा प्रचण्ड नेपाल समूहले यही माघ २८ गते काठमाडौँमा विशाल जनपर्दन गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्