‘कसलाई मन्त्री बनाउने र कसलाई कहिले हटाउने भन्ने प्रधानमन्त्रीको अधिकार हो’



न्युज अफ नेपाल, काठमाडौँ ।

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि सर्वोच्चको संवैधानिक इजलासमा चलिरहेको बहसमा सरकारी वकिलको तर्फबाट सहन्यायाधिवक्ता श्यामकुमार भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार भएको बताएका छन् ।

‘प्रतिनिधिसभा विघटन न अग्रगमन हो न प्रतिगमन, यो जनगमन हो । विघटन हुने र विघटन गर्ने शक्तिले जवाफ दिन जनतासमक्ष जानुपर्छ’, भट्टराईले भने ।

प्रधानमन्त्रीसँग कसलाई मन्त्री बनाउने र कसलाई हटाउने भन्ने अधिकार रहेको बताउँदै भट्टराईले भने, ‘कसलाई मन्त्री बनाउने र कसलाई कहिले हटाउने भन्ने प्रधानमन्त्रीको अधिकार हो । त्यस्तै संसद्‌मा विश्वासको मत लिने कि विघटन गर्ने भन्ने अधिकार प्रधानमन्त्रीमा रहन्छ ।’

प्रतिक्रिया दिनुहोस्