नेपाली कन्टेनरलाई केरुङ प्रवेश निषेध कायमै



सरस्वती न्यौपाने, (रसुवा) ।

रसुवागढी नाकाबाट चीन तर्फ हुने निर्यात एक बर्षदेखि ठप्प भएको छ ।नेपाली कन्टेनर सामान लिन केरुङजान नपाएको एक वर्ष पुरा भएको छ ।आयात पनि न्युन मात्रामा भइरहेको छ । हाल नाकाबाट दैनिक चाइनिज पाँच कन्टेनर मात्र सामान आयात भइरहेको छ ।

गएको वर्षको माघ १५ देखि आयात प्रभावित भएको हो ।सुरुमा हिमपात र ल्होसार पर्वको कारण बन्द भएको आयात कोभिडका कारण ठप्प नै भयो । पटक पटक आयात ठप्प हुदा सयौ व्यवसायीका अरबौ मुल्य बराबरका सामान चीन तर्फ रोकिएका छन् ।केरुङ भन्दा माथि खासा न्यालम घिङग्री सिगात्से लगायत ठाउँमा गोदाम मै सामान थन्किएका छन् एक वर्ष देखि करिब दुई सय भन्दा बढि नेपालिको खालि कन्टेनर केरुङमा नै रोकिएको व्यापारि धर्म पौडेल बताउनु हुन्छ ।रसुवा भन्सार कार्यालय का प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले व्यापारिका रोकिएका सामान ल्याउन चिनिया भन्सार प्रशासन सँग छलफल भइरहेको बताउनु भयो ।

नाका प्रभावित भएपछि सामान आयात पनि घटेको छ चालु आर्थिक वर्षको पहिलो चौमासिक मा यस नाका हुदै तीन अर्ब ७३ करोड चार लाख ८६ हजार मुल्य बराबरको सामान आयात भएको छ।अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा १९ अर्ब ४१ करोड ७४ लाख ३६ हजार रुपैयाको आयात भएको रसुवा भन्सार कार्यालय मा तथ्याङक रहेको छ आयात घटे सँगै राजश्व सङकलन पनि घटेको हो अहिले धेरै जसो राजश्व तिर्ने नपर्ने खालको सामान आयात भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्