नेपालको संविधानले कसैको श्रीमतीलाई प्रथम महिला बनाएको छैन : नेतृ भुसाल



न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा प्रचण्ड नेपाल समूहकी नेतृ पम्फा भुसालले नेपालको संविधानले कसैको श्रीमतीलाई प्रथम महिला र बाँकी महिलालाई दोश्रो नबनाएको टिप्पणी गरेकी छन् ।

शनिबार नेपाल प्रहरी अस्पताल र घुन्सा फाउन्डेसनले संयुक्त रुपमा आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यलाई प्रथम महिलाको रुपमा बोलाइएपछि भुसालले अपत्ति जनाएकी हुन् । वंसवाद र परीवारवादको सामन्ती राजतंत्रात्मक व्यवस्थामा मात्र राजाकी श्रीमती महारानी हुने गरेको बताउँदै भुसालले लोकतान्त्रिक गणतन्त्रमा सबै नागरिकको हैसियत समान हुने प्रष्ट्याएकी छन् ।

‘नेपालको संविधानले कसैकी श्रीमतीलाई प्रथम महिला र बाकी महिलाहरु दोश्रो बनाएको छैन है। लोकतान्त्रिक गणतन्त्रमा सबै नागरिकको हैसियत समान हुन्छ ।वंसवाद र परीवारवादको सामन्ती राजतन्त्रात्मक व्यवस्था जहा राजाकी श्रीमती महारानी, छोराछोरी युवराज युवराजकुमारी हुन्थे । लोकतान्त्रिक गणतन्त्रमा हरेक नागरिकले आफ्नो हैसियत आफै निर्माण गर्ने हो । सबैलाई समानता र स्वाभिमान प्रदानगर्ने लोकतान्त्रिक गणतन्त्रम ज़िन्दावाद । महिलालाई दास बनाउने सामन्ती पीत्रिसत्ताबाद मुर्दावाद’, भुसालले लेखेकी छन्  ।

प्रतिक्रिया दिनुहोस्