अम्बे स्टील्स्को कन्ट्रयाक्टर सम्मेलन सम्पन्न



काठमाडौं, (नेस) ।

उत्पादक कम्पनी अम्बे स्टील्स्द्वारा भक्तपुरमा कन्ट्रयाक्टर सम्मेलन गरेको छ । उक्त कार्यक्रममा कम्पनीका तर्फबाट कन्ट्रयाक्टरहरुलाई नेपालमा टीएमटी छडको प्रयोग गर्दा अनिवार्य पालना गर्नुपर्ने सावधानीका बारेमा जानकारी दिनुका साथै टीएमटी छड बेन्डिङ गर्ने तरिकाको बारेमा विस्तृत जानकारी प्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा कम्पनीका प्रतिनिधिले उच्च गुणस्तरको कच्चापदार्थ नै राम्रो टीएमटी छड उत्पादनको प्रमुख स्रोत भएको, जसमा कच्चा पदार्थमा हुनपर्ने अत्यावश्यक तत्वहरुलाई उचित तवरले मिश्रण गरी त्यसमा आउने खराब तत्वहरु सल्फर फोस्फोरसलाई न्यूनीकरण गरेर बनाइएको कच्चा पदार्थलाई अत्याधुनिक प्रविधिको प्रयोगबाट बनाइएको टीएमटी छड नै निर्माण कार्यको लागि उपयुक्त मानिन्छ भन्ने कुराको जानकारी दिएका थिए ।

अम्बे स्टील्स्ले भैरहवा र नेपालगन्जमा अवस्थित दुईवटा फ्याक्ट्रीबाट नेपालकै सबैभन्दा बढी दैनिक १४ सय टन छड उत्पादन गरी नेपाली बजारमा पु¥याउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्