उत्पत्तिको सबै प्रमाणपत्र परिसंघले जारी गर्न पाउने



काठमाडौं  ।

 नेपाल उद्योग परिसंघले नेपालबाट निर्यात हुने वस्तुको उत्पत्तिको प्रमाणपत्र जारी गर्न पाउने भएको छ । मन्त्रिपरिषद्बाट स्वीकृत भएको उत्पत्तिको प्रमाणपत्र जारी गर्ने सम्बन्धी कार्यविधि, २०७७ अनुसार उत्पत्तिको प्रमाणपत्र जारी गर्न परिसंघ अनुमति पाएको हो ।

सो अनुमतिबाट परिसंघले भारतलगायत सार्क मूलुकमा समेत उत्पत्तिको प्रमाणपत्र जारी गर्ने अधिकार प्राप्त गरेको छ । परिसंघले सधै स्वदेशी उत्पादनहरुको गुणस्तर वृद्धि गरी निर्यात प्रवद्र्धनमा जोड दिँदै आइरहेको छ । सरकारले परिसंघको योगदान, उद्योग र निर्यात क्षेत्रको योगदानलाई कदर गर्दै जिम्मेवारी प्रदान गरेकोमा सरकारलाई परिसंघले धन्यवादसमेत ज्ञापन गरेको छ ।

उत्पत्तिको प्रमाणपत्र जारी गर्दा प्राप्त भएको आम्दानिलाई निर्यात प्रवद्र्धनका कार्यक्रमहरु र गतिविधिहरु सञ्चालन गरी खर्च गर्ने र निर्यात प्रवद्र्धनलाई जोड दिने जनाएको छ । सरकारको निर्णयले निर्यातमा आबद्ध सदस्यलाई अझबढी गुणस्तरीय सेवा प्रदान गर्न प्रोत्साहित गरेको बताएकोछ । यसभन्दा पहिले परिसंघले तेस्रो मूलुकमामात्र उत्पत्तिको प्रमाणपत्र जारी गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्