श्रीनिशाले जितिन् माउन्टेन बाइक



नेपाल समाचारपत्र, काठमाडौं ।

अन्नपूर्ण पोस्ट् ‘राइड फर लाइफ’ साइकल र्‍यालीको उपाधि श्रीनिशा श्रेष्ठले जितेकी छन् ।

र्‍यालीमा सहभागीमध्ये ‘लक्की ड्र’मार्फत छनोट गरिएको भाग्यमानी विजेतामा श्रीनिशा पर्न सफल भइन् । उपाधिसँगै उनले हिमालय क्रसकन्ट्री माउन्टेन बाइक पुरस्कार प्राप्त गरिन् ।

यसैगरी, जियाओमी रेडमी नोट नाइन मोबाइल पुरस्कार अमृत काजी शाक्य, सिको घडी अशोका देवकोटा, सिम्रिक एयरको गोसाइँकुण्ड टुर प्याकेज उमेश थापा र अन्नपूर्ण पोस्ट्को ६ महिनाको निःशुल्क ग्राहक सेवा अमृत थापा र कर्मा ढोन्दुकले प्राप्त गरे । अन्नपूर्ण मिडिया नेटवर्कले विगत सात वर्षदेखि क्यान्सरविरुद्ध जनचेतना जगाउने उद्देश्यले साइकल ¥याली आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्