बुलिस ट्रेन्डमा शेयर बजार



काठमाडौं, (नेस) ।

राजनीतिक घटनाक्रम निकै उतारचणपूर्ण रहेको भए पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक यस साता ४९ दशमलव ९६ अंक अर्थात २ दशमलव शून्य ६ प्रतिशत बढेर २ प्रतिशत बढेर २४७५ दशमलव २६ विन्दुमा पुगेको छ ।

यससगै नेप्सेमा सूचीकृत कम्पनीहरूको समग्र बजार पुँजीकरण २ दशमलव शून्य ६ प्रतिशत बढेर ३३ खर्ब ३४ अर्ब रुपिया पुगेको छ । यद्यपि, बजार पु“जीकरण र परिसूचक बढे पनि अघिल्लो साताको तुलनामा कारोबार रकम भने घटेको छ । यस साता ८ करोड ५६ लाख कित्ता शेयर ४१ अर्ब ६८ करोड रुपिया“मा कारोबार भएको छ । यो अघिल्लो साताको तुलनामा ६ दशमलव २५ प्रतिशत कम हो ।राजनीतिक घटनाक्रमले बजारलाई केही अस्थिर बनाए पनि ब्याजदर र अधिक तरलताका कारण नेप्सेमा राजनीतिको छायाँ न्यून बनाएको छ ।

बजार अहिले बुलिस ट्रेन्डमा रहेकाले पनि राजनीतिक घटनाक्रमले शेयर बजारमा त्यति धेरै असर नगरिरहेको विश्लेषकहरूको भनाइ छ । साथसाथै अहिले आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित भइरहेको सन्दर्भमा यसले पनि लगानीकर्तालाई आकर्षित गरिरहेको छ ।यो साता धेरै कमाउनेहरूमा जनउत्थान सामुदायिक लघुवित्तका लगानीकर्ता रहेका छन् । यस कम्पनीको शेयर मूल्य एक सातामा ३६ दशमलव ४३ प्रतिशतले बढेको छ ।

त्यस्तै उन्नति सहकार्य लघुवित्त वित्तीय र प्रभु लाइफ इन्स्योरेन्स कम्पनीका लगनीकर्ता पनि अगाडि नै छन् । यी कम्पनीको शेयर मूल्य क्रमशः संस्थाको ३१ दशमलव शून्य १० र २८ दशमलव ४९ प्रतिशतले बढेको छ । समग्रमा यस साता लघुवित्त समूहका कम्पनीहरूले धेरै कमाएका छन् । त्यस्तै यस साता गुमाउनेमा गोर्खाज फाइनान्सका लगानीकर्ताको अगाडि छन् । त्यस्तै रिलायन्स फाइनान्स, युनाइटेड फाइनान्सलगायतका कम्पनीका लगानीकर्ता पनि गुमाउनीको सूचीमा अगाडि नै देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्