मनाङमा भारी हिमपात



काठमाडौं । हिमालपारिको जिल्ला मनाङमा दुई दिनअघिदेखि भारी हिमपात भएको छ ।

हिमपात शुरु भएसँगै वनमा लागेको डढेलो आफै नियन्त्रणमा आएको छ । हिमपात हुँदा बालीनाली सप्रने भएकाले किसानहरु खुसी भएका छन् । सदरमुकाम चामेमा दुई–तीन फिटसम्म हिमपात भएकाले बाटो बन्द भएको छ । अत्यधिक चिसोले गर्दा जनजीवन कष्टकर बनेको छ । शनिबार नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको ६० जनाको टोलीले सदरमुकाममा परेको हिउँ पन्छाउँदै बाटो खोलेको छ ।

प्रतिक्रिया दिनुहोस्