शुक्रबार देखि लगातार परेको वर्षाका कारण जनजीवन प्रभावित



सरस्वती न्यौपाने, रसुवा ।

शुक्रबार देखि लगातार परेको वर्षाका कारण रसुवाको उत्तरी भेगको जनजिवन प्रभावित भएको छ ।

सदरमुकाम धुन्चे लगाएत राम्चे,ग्राङ,ठाडे,हाकु नेसिङ,गतलाङ,थुमन,नागथलि,लाङटाङ ,टिमुरे,ठुलोस्याफ्रु, स्याफ्रुवेसि,गोसाईकुन्डमा हिउँ परेपछि चिसोेले आम नागरिकको जनजिवन प्रभावित बनेको छ । हिउँ परेपछि आलु, मकै, सिमि, बन्दा, काउलि, साग लगाएतका अर्गानिक खेतिहरू राम्रो हुने बताउँदै स्थानीय कृषकहरू हर्षित भएका छन ।

जाडोको मौसममा घरवाट बाहिर नगई आगो तापेर न्यानो लुगालगाएर बस्न नागरिक समाजका अध्यक्ष वावुलाल तामाङले आग्रह गर्नु भएको छ।

प्रतिक्रिया दिनुहोस्