उच्च पहाडी क्षेत्रमा हिमपात, जनजीवन प्रभावित



न्युज अफ नेपाल, पर्वत ।

पर्वतका उच्च पहाडी भुभागहरुमा बाक्लो हिमपातका कारण सेताम्मे भएका छन भने तल्लो क्षेत्रमा पनि बर्षाका कारण जनजीवन प्रभावित बनेको छ ।

असोज देखि हिउँदे बर्षा नभएकोमा शुक्रबार बिहान देखि बर्षा भएको छ भने शनिबार बिहान देखि उच्च भेगमा हिमपात भएपछि जनजीवन प्रभावित भएको हो ।

जिल्लाको जलजला गााउँपालिकाको हम्पालको लेक, लेखफाँट, शालिजा, वाँसखर्क, मोदी गाउँपालिकाको क्याङ भुकताङले, मोदी गाउँपालिका र कुस्मा नगरपालिकामा पर्ने पञ्चासे तथा फलेबास नगरपालिकामा पर्ने डहरे र चिसापानीको लेकहरुमा एक फिट बाक्लो हिउँ परेको छ । हम्पालमा बाक्लो हिउँ जमेको छ भने लेकफाँटको तल गाउँ सम्म नै हिउँ परेको जलजला ५ लेकफाँटका कृष्ण पौडेलले जानकारी दिनुभयो । बिहान ३ बजेपछि हिमपात भएको पौडेलले बताउनुभयो ।

वर्षासँगै हिमपात भएकाले जनजीवनका साथै गाईवस्तुलाई समेत समस्या भएको छ । हिमपातले गहुँ, आलु लगायत विभिन्न जातका फलफुललाई समेत क्षति पु¥याएको स्थानिय कृषकहरुले जानकारी दिएका छन् ।

गत असोजदेखिको खडेरी परेको यस क्षेत्रमा बर्षा र हिमपात हुँदा उपल्लो बस्तीका हिउँदे बाली र फलफूल खेतीमा सकारात्मक प्रभाव परेको छ । यद्यपि चिसोले जनजीवन भने प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्