भारतीय सीमा लक्ष्मीपुर-बलाराबाट सर्लाहीको गढैयासम्म कालोपत्रे सडक निमार्ण सम्पन्न



न्युज अफ नेपाल, काठमाडौँ ।

भारत सरकारको आर्थिक सहयोगमा भारतीय सिमा लक्ष्मीपुर-बलाराबाट सर्लाही जिल्लाको गढैयासम्मको सडक कालोपत्रे गरिएको छ।

उक्त सडक निर्माणमा भारतले ४४.४८ मिलियन सहयोग गरेको थियो । सडक निर्माण सम्पन्न भएसँगै महावाणिज्यदूत नितेश कुमार, भारतको महावाणिज्य दूतावास विरगंज, डिभिजन प्रमुख, सडक विभाग, चंद्रनिगाहपुर र रौतहटका विनोद कुमार मौवरले संयुक्त रुपमा उट्घाटन गरेका थिए ।

भारत सरकारको “नेपाल भारत विकास सहकार्य” अन्र्तगतको सहयोग कालोपत्रे सडक निमार्णमा उपयोग गरिएको भारतीय दूतावासले जनाएको छ । उक्त योजनामा दुईवटा प्याकेजहरु छन्,। पहिलो ४.४६ किमिको भारतिय सिमा लक्ष्मीपुर–बलरा–मिर्जापुर र अर्को १.६२ किमिको मिर्जापुर–गडहिया सडक/हुलाकी सडक ।

प्रतिक्रिया दिनुहोस्