हरिहरपुरगढीमा जन्ती बोकेको ट्याक्टर दुर्घटना, ५ को अवस्था गम्भीर



बुद्ध नेपाली, सिन्धुली ।

मदन भण्डारी राजमार्ग अन्तर्गत हरिपुरगढी गाउपालिका ५ सिम्राख डाँडाँमा जन्ती बोकेको ट्याक्टर दुर्घटना हुदाँ २३ जना घाईते भएका छन् । घाईते मध्ये ५ जनाको अवस्था गम्भिर रहेको छ ।

गम्भिर घाईते ५ जनालाई मरिण गाउपालिका अध्यक्ष पानीराज बम्जनको पहलमा थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौंको ट्रमा सेन्टर पठाईएको मरिण गाउपालिका वडा नं. २ का वडाअध्यक्ष चन्द्रनाथ गौतमले जानकारी दिनुभयो । मरिण गाउँपालिका वडा नं २ पाङ्ग्रेबाट हरिहरपुरगढी गाउँपालिकामा बेहुली लिन गएको ट्याक्टर दुर्घटना भएको हो ।

बेहुला अर्काे ट्याक्टरमा रहेकाले उनी सकुसल रहेका छन् । ट्याक्टर दुर्घटना के कारणले भएको भन्ने बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय सिन्धुलीले जनाएको छ । अन्य घाईतेका स्थानिय स्वास्थ्य संस्थामा उपचार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्