दुवाथलन सिरिजको तेस्रो चरण शनिबार हुने



न्युज अफ नेपाल, काठमाडौं ।

ट्रायथलन अन्तर्गत तेस्रो चरणको क्रस दुवाथलन सिरिज भोलि शनिबार आयोजना हुने भएको छ ।

नेपाल ट्रायथलन संघ र जम्प नेशनको संयुक्त आयोजनामा जारी प्रतियोगिताको तेस्रो चरणको क्रस दुवाथलन शनिबार ललितपुरको चापागाँउस्थित झरुवारासी, बज्रबाराहीमा हुने भएको छ । यसअघि २।५ कि।मि। दौड १० कि।मि। साईक्लिङ्ग र १.३ कि.मि. दौडको सिरिज अन्तर्गतको पहिलो चरणको च्याम्पियनसिप टोखामा तथा दोस्रो चरणको च्याम्पिनसिप माघ १० गते किर्तिपुरमा सम्पन्न भएको थियो ।

सिरिज अन्तर्गतको क्रस दुवाथलन प्रत्येक दुई हप्ताको अन्तरमा टोखा, किर्तिपुर हुँदै शनिबार ललितपुरमा आयोजना गर्न लागिएको हो । यसपछि हुने चौथो चरण टोखामा र पाँचौ चरण किर्तिपुरमा आयोजना हुनेछ । त्यस्तै, छैटौं चरण उपत्यका बाहिर पोखरामा आयोजना हुने नेपाल ट्रायथलन संघका महासचिव युवराज सुनुवारले जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्