जनता नै ठूला न्यायाधीश : उपप्रधानमन्त्री पोखरेल



न्युज अफ नेपाल, काठमाडौँ ।

उपप्रधानमन्त्री तथा नेकपा ओली समूहका सचिवालय सदस्य ईश्वर पोखरेलले जनतानै सबैभन्दा ठूला न्यायाधीश भएको बताएका छन् ।
ओली समूहले काठमाडौँको दरबारमार्गमा गरेको सभामा बोल्दै पोखरेलले सो कुरा बताएका हुन् ।

उनले भने, ‘ताजा जनादेशमा गएर जनताको निर्णय स्वीकार गर्न चाहन्छौँ ।’ पोखरेलले नेकपाको आधिकारिकता ओलीले नेतृत्व गरेको नेकपाकै हुने दावी गरेका छन् । ‘प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाको आधिकारिकता कसैले तोड्न सक्दैन ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्