आरभ र अकीको जोडी फाइनलमा



नेपाल समाचारपत्र, काठमाडौ ।

नेपालका अरभसम्राट हाडा र अकी जुवेन रावतको जोडी वल्र्ड टेनिस टुर–जे ५ को बिहीबार फाइनलमा प्रवेश गरेको छ ।
सातदोबाटोस्थित टेनिस कोर्टमा भएको पुरुष डबल्सतर्फको सेमिफाइनल खेलमा हाडा र रावतको जोडीले भारतको रोनिन लोट्लिकर र मोनिल लोट्लिकरको जोडीलाई ६–४,६–१ को सोझो सेटमा पराजित गरेको हो ।फाइनलमा हाडा र रावतको जोडीले भारतका आर्यन लक्ष्मनन र आर्यन शाहीको जोडीको सामना गर्नेछ । लक्ष्मनन र शाहीको जोडीले भारतकैे अमन धानिया र योभान नन्दनको जोडीलाई ६–२,६–१ को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।

यता महिला डबल्सतर्फ नेपालकी अभिलासा विष्ट र जर्मनीकी सोन्जा जियानेवायवाको जोडी फाइनलमा पुगेको छ । विष्ट र जियानेवायवाको जोडीले फिनल्यान्डकी आनेश फर्नान्डेज लाक्सोनेन र भारतकी रिया उभेजाको जोडीमाथि ६–४, ६–० को सोझो सेटमा जित हात पारेको हो ।तर, दोस्रो सेमिफाइनल खेलमा भने नेपालका प्रेरणा कोइराला र सलोनी तामाङको जोडी पराजित भयो । कोइराला र तामाङको जोडी बेल्जियमकी क्याट चोपेज र मार्टी ल्याम्बरजेटको जोडीसँग ६–४, ६–१ ले हारेको हो । उपाधिका लागि विष्ट र जियानेवायवाको जोडीले चोपेज र ल्याम्बरजेटको जोडीसँग सामना गर्नेछ ।

यता पुरुष एकलमा भारतका अमन धानिया, अग्रिया यादव र तौरस रावत तथा फ्रान्सका भ्यालेन्टिन फाउरेले अन्तिम चारमा स्थान पक्का गरेका छन् । धानियाले भारतकै आर्यन शाहीमाथि ६–२, ६–० ले हराउदा यादवले भारतकै अनार्घा गांगुलीलाई ६–४, ६–३ ले निराश पारे । त्यस्तै फाउरेले भारतका रोनिन लोट्लिकलाई ६–२, ७–५ ले पराजित गर्दा रावतले स्पेनका थोमस परेजलाई ६–०, ६–२ ले हराए ।यता महिलातर्फ बेल्जियमकी मार्टी ल्याम्बरचेट र रोमने लङभेल्ली तथा अमेरिकाकी सायना देशपाण्डे र रातुजा चापाल्रले अन्तिम चारमा स्थान पक्का गरेका छन् ।

मार्टिले अन्तिम चारमा स्थान पक्का गर्ने क्रममा फिनल्यान्डकी आनेश फर्नान्डेज लाक्सोनेनमाथि ४–६, ६–१, ७–६ को जित हात पारिन् । लङभेल्लीले बेल्जियमकी क्याट चोपेजलाई २–६, ६–४, ६–२ को सेटमा हराइन । त्यस्तै रोमानेले जर्मनीकी सोन्जा जियानेवायवालाई ७–५,६–१ को सोझो सेटमा पराजित गरिन् । देशपाण्डेले भारतकी मेकहला मनन रिटायर्ड हर्ट भएपछि अन्तिम चारमा स्थान पक्का गरेकी हुन् ।प्रतियोगितामा समान ३२–३२ पुरुष÷महिला खेलाडीको सहभागिता रहेको छन् । प्रतियोगितामा नेपाल, भारत, फ्रान्स, उज्वेकिस्तान, कजाकस्तान, अमेरिका, बेल्जियम, स्पेन र जर्मनी गरी ९ राष्ट्र सहभागी छन् । नेपालबाट १२ पुरुष र १४ महिला खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । साताव्यापी प्रतियोगितामा सिंगल्स र डबल्स स्पर्धा समावेश छन् ।

प्रतिक्रिया दिनुहोस्