गोल्डकप उपाधि भिडन्त आज



हेटौंडा । हेटौंडा—१० को फरेष्ट्री क्याम्पस खेलमैदानमा जारी विजय युथ हेटौंडा गोल्डकप फुटबल प्रतियोगितामा उपाधिका लागि आयोजक टिम एफसी विजय युथ क्लब, हेटौंडा र सेन्ट्रल कलेज बीएसी, भरतपुर भिड्दैछन् ।

बुधबार भएको दोस्रो सेमिफाइनलमा आयोजक टिम विजय युथ क्लब बागमती युवा क्लब, सर्लाहीलाई ५–१ गोलअन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । यसअघि मंगलबार भएको पहिलो सेमिफाइनलमा हर्दी युवा समाज, राप्तीलाई १-० गोलअन्तर पराजित गर्दै सेन्ट्रल कलेज फाइनल प्रवेश गरेको थियो । आज (शुक्रबार) दिउँसो २ बजे हुने फाइनलमा उपाधिका लागि उनीहरु खेल्नेछन् ।

प्रतियोगितामा विजेताले नगद ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपियाँ प्राप्त गर्नेछन् भने विधागत्रुपमा उत्कृष्ट हुने गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड तथा प्रशिक्षकले जनही नगद पाँच हजार रुपियाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्