आम हड्ताल सफल भएको प्रचण्ड-माधव समूहको दाबी



न्युज अफ नेपाल काठमाडौं ।

नेकपा प्रचण्ड माधव समूहले बिहीबार देशव्यापी गरेको आम हड्ताल सफल भएको दाबी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संवैधानिक निकायमा नियुक्ति सिफारिस गरेपछि प्रचण्ड माधव समूले बिहीबार नेपाल बन्दको घोषणा गरेको थियो ।

बिहीबार साँझ एक विज्ञप्ति जारी गर्दै नागरिकलाई धन्यवाद पनि दिएको छ । यस्तै सरकारले नियोजित रुपमा मुडभेट गराउन खोजेपनि उक्त प्रयास असफल भएको पनि बताएको छ ।

‘शान्तिपूर्ण रुपमा आयोजित आमहडताललाई बदनाम गर्न, असफल पार्न र नियोजित रुपमा मुठभेड निम्त्याउन सरकारले गरेको हर्कतलाई हाम्रो पार्टी र जनताको सचेत प्रयत्नमार्फत असफल पारिएको छ’, बिहीबार साँझ जारी विज्ञप्तिमा भनिएकाे छ, ‘गृह मन्त्रालयका नाममा वक्तव्य जारी गर्दै जनतालाई आपसमा भिडाउने दुराशयुक्त प्रयत्नका बावजुद आजको आम हडताल शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।’

प्रतिक्रिया दिनुहोस्