इजरायली प्रधानमन्त्रीको युएइ र बहराइन भ्रमण स्थगित



जेरुसेलम ।इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको युनाइटेड अरब इमिरेट्स ९युएइ० र बहराइनको भ्रमण स्थगित भएको छ ।कोरोनाभाइरसको महामारी फैलिदै गएपछि इजरायलमा लकडाउन कायमै रहेकाले उहाँले भ्रमण स्थगित गर्नुभएको अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।

“युएइका राजा र युवराजको मैत्रीपूर्ण निमन्त्रणालाई प्रधानमन्त्री नेतान्याहुले स्वीकारर्दै भ्रमणमा जाने कार्यक्रम थियो र भ्रमण दुई देशबीचको सम्वन्धका लागि महत्वपूर्ण हुने अपेक्षा पनि थियो तर स्थगित गनुप¥यो,” नेतान्याहुको कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

देशमा असामान्य अवस्था आएकाले प्रधानमन्त्रीले अति महत्वपूर्ण भ्रमण पनि स्थगित गर्नु परेको वक्तव्यमा लेखिएको छ ।उहाँको भ्रमणको बेलामा कोरोनाभाइरसको महामारीका कारण इजरायलमा हवाई सेवा बन्द भएकाले पनि उहाँलाई भ्रमणका लागि प्रस्थान गर्न कठिनाई भएको हो । उहाँले गत बुधबार अर्को हप्ता आफु युएइ र बहराइन भ्रमणमा जाने योजना बनाएको बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्