प्रथम सिमलटार कपको उपाधी मोरङ भेट्रान्सको पोल्टामा



मिला दरै, तनहुँ ।

प्रथम सिमलटार कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि मोरङ भेट्रान्सले हात पारेको छ । उपाधि हात पार्दै भेट्रान्सले ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।

प्रतियोगिताको निर्धारित समयमा मोरङ भेट्रान्स र बन्दीपुर युवा समुह बराबरीमा रहेको थियो । ट्राइब्रेकरमा ३–४ को गोल अन्तरले भेन्ट्रान्सले उपाधि हात पार्न सफल भएको हो । बन्दीपुरले उपविजेतामा चित्त बुझाउदै २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाएको प्रतियोगिताका व्यवस्थापक रोजन बानियाले जानकारी दिनुभयो ।

प्रतियोगिताको निर्धारित समयमा बराबर खेलेको भेट्रान्सले ट्राइब्रेकारमा जित निकालेको हो । बेस्ट प्लेएर, बेस्ट किपर , उत्कृष्ट गोलकर्तालाई समेत पुरस्कार प्रदान गरिएको बानियाले बताउनुभयो । नेपाली कांग्रेस बन्दीपुर गाउँ कार्य समितिको प्रायोजनमा प्रतियोगिता आयोजना गरिएको हो ।

नेपाली कांग्रेस तनहुँका सभापति वैकुण्ठ न्यौपानेले खेलाडीहरूले अनुशासित भएर खेल खेल्नुपर्ने बताउनुभयो । उहाँले प्रतियोगिताले युवाहरूलाई अनुशासन पालना गर्न सिकाए जसरी देशका नेतृत्वकर्ताले अनुशासन र विधिभित्र रहेर काम गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्