पाल्पामा बन्दको असर, जनजीवन प्रभावित



न्युज अफ नेपाल, पाल्पा ।

केपी ओली सरकारले संवैधानिक अंगका सदस्यहरुको नियुक्ति र संसद विघटन गरेको भन्द्रै नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव समूहले गरेको आम हड्तालको कारण वुधवार पहाडी जिल्ला पाल्पा जनजीवन प्रभावित बनेको छ ।

बन्दका कारण विहान देखि नै हो जिल्लाभर यातायात, उद्योग व्यवसाय, शैक्षिक संस्था, बैंक तथा वित्तिय संस्था, कलकारखाना लगायत ठप्प रहेका छन् ।

बन्दले लामो तथा छोटो दुरीको यातायातका साधनहरु समेत चलेनन् । तर, बन्दको समयमा फाटफुट रुपमा निजी मोटरराइकल दुध, तरकारी, एम्बुलेन्स, शबबहान, प्रेस लगायतका सवारी भने चलेका देखिन्थे । वन्दकर्ताहरु सडकमा निस्केका थिए भने सुरक्षाकर्मीको पनि वाक्लो उपस्थिती जिल्ला सदरमुकाम तानसेनमा थियो । बन्दका कारण जिल्लाको रामपुर, आर्यभन्ज्याङ, हार्थाेक छहरा लगायतका स्थानका पसलहरु पनि बन्द थिए ।

प्रतिक्रिया दिनुहोस्