बहुविवाहकी प्रतिवादी बुढा चार वर्षपछि जेल चलान



बासुदेव शर्मा, जाजरकोट । 

बहु बिवाहकी फरार प्रतिवादी अन्जना बुढालाई चार वर्षपछि प्रहरीले पक्राउ गरि जेल चनाल गरेको छ । जिल्ला अदालत जाजरकोटको आदेश अनुसार प्रहरीले जेल चलान गरेको हो ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको प्रहरी टोलीले छेडागाड नगरपालिका ३ स्थायी ठेगाना भई हाल सुर्खेतको भेरीगंगा नगरपालिका १२ छिन्चु वस्दै आएकी बहु विवाहकी प्रतिवादी अन्जना बुढालाई प्रहरीले छिन्चुबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरिक्षक मधु कुमार थापाले वताउनु भयो ।

फरार रहेकी बुढालाई प्रहरीले पक्राउ गरि जिल्ला अदालतको आदेश अनुसार कारागार जेल चलान गरेको प्रहरी प्रमुख थापाले वताउनुभयो । जिल्ला अदालत जाजरकोटले २०७३ साल चैत्र १५ मा गरेको फैसलाले बुढालाई १ वर्ष कैद र २० हजार जरिवाना सहितको फैसला गरेको थियो ।

पक्राउ गरेकी बुढालाई जिल्ला अदालतमा उपस्थिति गराई अदालतको फैसला आदेश अनुसार उनीलाई पक्राउ गरि जेल चलान गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्