कारागारका कैदीबन्दीलाई होजियारी तालिम



बासुदेव शर्मा, जाजरकोट । 

सिप सिकौ रोजगार वनौ भन्ने उदघोषका साथ उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जाजरकोटले कारागारमा रहेका कैदी वन्दीलाई होजियारी तालिम संचालन गरेको छ । सिप विकास तथा रोजगारी सिर्जना कार्यक्रम अन्तर्गत कारागारका कैदी बन्दीहरुलाई ४५ दिने होजियारी तालिम संचालन गरेको हो ।

क्षमता विकास गरी रोजगारी सिर्जना गर्ने उद्धेश्यले कारागार जाजरकोटमा रहेका कैदी बन्दीहरुलाई २२ गते देखि शुरु गरेको तालिम चैत्र ७ गते सम्म संचालन गर्ने उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जाजरकोटले जनाएको छ ।

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको चालु आर्थिक बर्षको बार्षिक स्वीकृत कार्यक्रम अनुसार होजियारी तालिम संचालन गरेको कार्यालयका प्रमुख चन्द्र प्रकास कडेलले वताउनु भयो । तालिम लिए व्यवहारमा उतार्न तालिमका प्रशिक्षार्थीहरुलाई प्रमुख कडेलले आग्रह गर्नु भयो । सिप विकासले नागरिकलाई आत्मनिर्भर अर्थतन्त्र सुधार लगाएत आयआर्जनमा बृद्धी गर्ने भएकोले होजियारी तालिम संचालन गरेको उहाँको भनाई छ ।

प्रमुख जिल्ला अधिकारी चेतराज बरालले कैदी वन्दीहरुलाई दिएको तालिम प्रभावकारी हुने बताउदै कैदी जिवन विताएर बाहिर आएपछि सिकेको सिपबाट व्यवसाय गर्न सक्ने भएकोले होजियारीमा दक्षता हासिल गर्न आग्रह गर्नु भयो । रोजगारी प्रवद्र्धन गर्न नागरिकहरुमा सिप, क्षमता, दक्षता भयो भने जिवन निर्वाह गर्न कठिनाई नहुने प्रमुख जिल्ला अधिकारी बरालले वताउनु भयो ।

भेरी नगरपालिका ४ का वडाअध्यक्ष खम्ब जंग शाहले सिप विनाको मानिस अपाङ्ग समान हुने भएकोले केहि न केहि सिप सिक्दा जिवन निर्वाह गर्न समस्या नहुने वताउनु भयो । कैदी वन्दी जिवन विताएर समाजमा आएपछि ४५ दिनको तालिमले आत्मनिर्भर गरी आयआर्जनमा सुधार ल्याउने वताउनु भयो । ४५ दिनको समयलाई महत्वपुर्ण ठानेर होजियारीमा दक्षता हुन कैदी बन्दीलाई वडाअध्यक्ष शाहले आग्रह गर्नु भयो ।

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले संचालन गरेको होजियारी तालिममा जाजरकोट कारागारका १५ जना कैदी वन्दी समावेश भएका छन । उक्त तालिमबाट होजियारीका क्षेत्रमा प्रत्यक्ष रुपमा १५ जना कैदी वन्दीले लाभ लिने कार्यालयका प्रमुख चन्द्र प्रकास कडेलको कथन छ ।

तालिम उदघाटन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख मधु कुमार थापा लगाएत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्