पोखरामा आमहड्तालको प्रभाव,सवारीआवतजावतमा रोक



पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले गरेको देशव्यापी आम हड्तालको प्रभाव पोखरामा पनि परेको छ । बन्दकर्ताहरु पोखराको चोकचोकमा बसेर सवारीसाधनलाई आवतजावतमा रोक लगाएका छन् ।

बजार क्षेत्रमा छोटो दुरीका निजी यातायातका साधन न्यून मात्रामा संचालनमा भएपनि सार्वजनिक यातायातका साधन छोटो र लामो दुरीका संचालनमा आएका छैनन् । शिक्षण संस्था, उद्योग तथा व्यापारिक केन्द्र बन्द छन् । असंवैधानिक र गैरकानूनी रुपमा संवैधानिक निकायहरुमा नियुक्त गरेको विरोधमा नेपाल बन्द गरिएको नेकपा कास्कीका ईञ्चार्ज राजकाजी गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्