नेपाल बन्द सर्वसाधारणलाई सास्ती (फोटो फिचर)



न्युज अफ नेपाल, काठमाडाैं ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले आयोजना गरेको आमहड्तालकाे कारण नेपाल बन्द  हुँदा सर्वसाधारणलाई सास्ती भएकाे छ । संवैधानिक निकायमा गरेको नियुक्तिको विरोधमा नेपाल बन्दको आव्हान गरेको नेकपा दाहाल नेपाल समूह समर्थक बिहानैबाट काठमाडौँका चोक चोकमा उभिएका छन्। केही चोकका प्रर्दशनकारीहरु संयमित देखिए भने केहीका उग्र। आम हड्ताल सफल बनाउन दाहाल सातदोबाटोको सडकमा निस्किएका छन् । अन्य नेता कार्यकर्ता जसरी दाहाल सडकमा झण्डा लिएर निस्किएका छन् । बिहानै कलङ्कीमा ट्याक्सी चलाए प्रदर्शनकारीले। चाबहिल, गौशाला, कोटेश्वर, ग्वार्रको, मित्र पार्क, केही स्थानमा फाट्टफुट्ट गाडी चलेका छन्।

तस्वीर : उजोल डंगोल 

 

 

प्रतिक्रिया दिनुहोस्