प्रचण्ड आम हड्ताल गर्न सडकमा (फोटो फिचर)



न्युज अफ नेपाल, काठमाडौं । प्रचण्ड -नेपाल समूहले आज असंवैधानिक संसद विघटन र अवैधानिकरुपमा संवैधानिक आयोगमा नियुक्ति गरेको भन्दै आम हड्ताल गरेको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल पनि आम हड्तालमा सडकमा निस्किएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक निकायमा आफुखुशी नियुक्ती र शपथग्रहण गराएको भन्दै दाहाल-नेपाल समूहले बधबार आम हड्ताल गरेको थियो ।

हड्ताल सफल बनाउन सबै शीर्ष नेताहरु सडकमै आएका छन् । नेता नारायणकाजी रत्नपार्कको जुलुसको नेतृत्व गरिरहेका छन् भने । कलंकीको सडकमा निस्किएकी नेतृ अष्टलक्ष्मी शाक्यलाई भने बिहानै प्रहरीले नियन्त्रणमा लिएको छ । आवश्यकसाधानहरु एम्बुलेन्‍स, अस्पतालका बस, खाद्यान्‍न, दुध, औषधीका गाडी, सञ्‍चारकर्मीका सवारी साधन चलेका छन् ।

तस्वीर : अनिल आङदेम्बे

प्रतिक्रिया दिनुहोस्