बुक विल्डिङमा १८ संस्था थपिए



काठमाडौं । नेपाल धितोपत्र बोर्डले बुक विल्डिङ विधिमार्फत् निष्कासन हुने शेयरमा लगानी गर्न थप १८ संस्थालाई स्वीकृति दिएको छ। यससँगै बुक विल्डिङ विधिको स्वीकृत पाउने संस्थाको संख्या ६४ पुगेको छ ।

स्वीकृति पाउने कम्पनीहरूमा भेन्चर क्यापिटल प्रालि, एभरेष्ट इन्स्योरेन्स कम्पनी, सायन होल्डिङ कम्पनी प्रालि, नागरिक लगानी कोष, नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड, नबिल ब्यालेन्स्ड फन्ड–२, नबिल इक्विटी फन्ड, एनएमबि क्यापिटल लिमिटेड, एनएमबि हाइब्रिड फन्ड एल–१, एनएमबि ५०, एनआईसी एसिया ग्रोथ फन्ड, एनआईसी एसिया ब्यालेन्सड् फन्ड, एनआईसी एसिया डायनामिक डेप्ट फन्ड, एनएमबि बैंक, नेपाल बंगलादेश क्यापिटल लिमिटेड, सम्पन्न क्यापिटल एन्ड एडभाइजरी नेपाल लिमिटेड, नागरिक स्टक डिलर कम्पनी लिमिटेड र सिटी एक्सप्रेस इन्भेष्टमेन्ट फण्ड प्रालिलगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्