अष्टलक्ष्मी शाक्यलगायतका नेताहरू कलंकीबाट पक्राउ



न्युज अफ नेपाल , काठमाडौं । नेकपाको दाहाल-नेपाल समूहले आह्वान गरेको आम हड्तालमाका दिन प्रहरीले आज विहानै नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यलगायतका नेताहरूलाई कलंकीबाट पक्राउ गरेको छ ।

नेकपाका एक नेताले दिएको जानकारी अनुसार नेतृ शाक्यसहितका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । संवैधानिक निकायमा सरकारले गरेको नियुक्तिको विरोधमा नेकपा ‘प्रचण्ड–नेपाल’ ले बिहीबार आम हड्ताल आह्वान गरेको छ ।

सोही क्रममा प्रहरीले नेतृ शाक्यसहितलाई पक्राउ गरेको हो । आम हड्तालका कारण काठमाडौँ उपत्यकासहित देशका अरु स्थानमा प्रभाव परेको छ । सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रतिक्रिया दिनुहोस्