नेपाल बंगलादेश बैंकद्वारा डीसी कार्ड योजना शुरू



काठमाडौं । नेपाल बंगलादेश बैंकले विभिन्न पेशामा कार्यरत पेशागत व्यक्तिलाई लक्षित गरी डीसी कार्ड योजना ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकले एउटै खाताबाट कर्जा तथा बचतको सुविधा पाउन सक्नेछन् । यस योजनामा ग्राहकले कर्जाको सीमाअन्तर्गत रही रकम उपयोग गर्न पाउनेछन् ।

त्यस्तै सीमाबाहेकको रकम उक्त खातामा जम्मा गर्दा उक्त रकममा बचत खाताको ब्याज पनि प्राप्त गर्न सक्नेछन् । हालसम्म बैंकले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८२ वटा एटीएमबाट बैंकिङ सुविधा दि“दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्