आम हड्ताललाई मध्यनजर गर्दै उपत्यकामा सुरक्षा ब्यवस्था कडा



न्युज अफ नेपाल , काठमाडौं ।

प्रहरीले नेकपा प्रचण्ड–माधव समूहले बिहीबार गर्ने आम हड्ताललाई मध्यनजर गर्दै उपत्यकामा आज एक्का बिहानैबाट आवाश्यक सुरक्षा ब्यवस्था कडा  गरिएकाे  छ ।

आम हड्ताललाई मध्येनजर गर्दै उपत्यकाको बिजुली बजार ,बबरमल, माइतीघर मण्डला ,न्युरोड लगाएतका स्थानमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । आमहड्तालका क्रममा अवाञ्छित गतिविधिहरु हुने संभावनालाई ख्याल गर्दै साबिकको भन्दा प्रहरी जनशक्ति बढाइएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार साबिकको भन्दा पैदल, मोबाइल र पिकेट गस्ती बढाइने भएको छ । आमहड्तालका क्रममा जबरजस्ती बन्द गराउने, आगजनी र तोडफोड गर्ने क्रियाकलाप गरिए नियन्त्रणमा लिएर प्रहरीले कारबाही गर्ने भएको छ । प्रहरीका अनुसार उपत्यकामा रानीपोखरीले र अन्य ठाउँमा सम्बन्धित जिल्ला प्रहरी कार्यालयले सुरक्षा योजना बनाएका छन्।

प्रतिक्रिया दिनुहोस्