हिमानी ट्रष्टद्वारा विद्यार्थीलाई ज्याकेट र स्लिपिङ ब्याग



हेटौंडा ।

सामाजिक कार्यमा सक्रिय हिमानी ट्रष्टले हेटौंडा–१६ को एक विद्यालयका विद्यार्थीलाई ज्याकेट र स्लिपिङ ब्याग प्रदान गरेको छ ।
हटियामा रहेको त्रिभुवन माविका नर्सरीदेखि कक्षा–३ सम्म अध्ययनरत् विद्यार्थीलाई ट्रष्टले जाडोका लागि ज्याकेट र स्लिपिङ ब्याग प्रदान गरेको हो । दलित, चेपाङ, तामाङसहित विपन्न समुदायका विद्यार्थी अध्ययनरत् विद्यालयका ३५ विद्यार्थीलाई ज्याकेट र १० जनालाई स्लिपिङ ब्याग प्रदान गरिएको छ ।

कार्यक्रममा वडा अध्यक्ष रामकृष्ण कोइराला, विद्यालय अध्यक्ष चन्द्रप्रसाद देबकोटा, विद्यालय सदस्य एवम् वडा सदस्य धु्रवप्रसाद धिताल, ट्रष्ट मकवानपुर संयोजक सपना अधिकारी, ट्रष्ट स्वयम्सेवकलगायतले विद्यार्थीलाई सहयोग सामग्री हस्तान्तरण गरेका थिए । विद्यालयमा १ सय ५० विद्यार्थी अध्ययनरत् छन् । निकट भविष्यमा मकवानपुरका अन्य बिकट क्षेत्रका विद्यार्थीलाई सहयोग सामग्री बितरण गर्ने तयारी भइरहेको ट्रष्टले जनाएको छ ।

निरन्तर विभिन्न सामाजिक कार्यमा लागिपर्दै आएको हिमानी ट्रष्ट राष्ट्रमा ठूला विपत्ति आइपरेको बेला थप सशक्तरुपमा सक्रिय हुने गरेको पाइएको छ । बाढी–पहिरोले सताउ“दा होस् या आमजनता भोकमरीको चपेटामा परेको अबस्थामा, स्वास्थ्य–शिक्षाजस्ता आधारभुत कुराको पहु“चबाट टाढा रहेका विपन्न बालबालिकाको हितमा काम गर्न होस् वा भुकम्पले मुलुकलाई क्षतविक्षत तुल्याएको बेला, हरदम उक्त संस्थाले आफ्नो उल्लेख्य उपस्थिति जनाउ“दै आएको छ । यसरी ट्रष्ट नै खडा गरेर सामाजिक क्रियाकलापस“ग जोडि“दै गर्नुभएकी पूर्वयुवराज्ञी हिमानी शाहले बालुवाटारमा ट्रष्टको कार्यालय स्थापना गर्नुभएको हो ।आफूलाई कुनैबेलाकी युवराज्ञीको कोटिमा नभएर समाजसेवामा संलग्न हु“दै गरेकी एक सचेत नेपाली महिलाका रुपमा प्रस्तुत गर्न सफल हुनुहुन्छ हिमानी ।

प्रतिक्रिया दिनुहोस्