लगातार एक महिना सम्म धौलीगंगा बाँध खोलिंदै, सतर्क रहन प्रशासनको आग्रह



दार्चुला । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध निरन्तर एक महिना सम्म खोलिने भएको छ । एनएचपीसी लिमिटेड र धौलीगंगा पावरस्टेसनले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई दिएको जानकारी अनुसार धौलीगंगा जलविद्युत परियोजनाको बाँध माघ २५ गते आइतबार बेलुकी ७ बजे देखी फागुन २५ गते मंगलबार सम्म खोलिने सुचनामा उल्लेख रहेको प्रशासनले जनाएको छ ।

एनएचपीसी लिमिटेड, धौलीगंगा पावरस्टेसन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार ३१ दिन सम्म बाँधको मर्मत कार्य हुने भएकाले बाँध खोलिन लागेको हो । बाँधको मर्मत कार्य गर्दा बाँधका सबै जसो ढोकाहरु खेलिने भएकाले महाकाली नदीमा जलस्तर बढ्ने अनुमान गरिएको छ । नदिमा बढ्ने जलस्तरका नदि तटिय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुचना जारी सर्तक रहन प्रशासनले आग्रह गरेको छ ।माघ २५ गते बेलुकी ७ बजे देखी बाँधका ढोकाहरु खोलिने भएको हुँदा ब्याँस गाउँपालिकाको वडा नं ५ धौलाकोट देखि लेकम गाउँपालिकाको लाली सम्मका नदि तटीय क्षेत्रका बासीन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न जिल्ला प्रशासन कार्यालयले सुचना जारी गरि आग्रह गरेको छ ।

दार्चुला देखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततीर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्न सक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाइ राख्न समेत नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन् । दार्चुला र धारचुलाबाट करिब १८ किलोमिटर उत्तर–पश्चिममा भारतले धौलीगंगा नदीमा जलविद्युत उत्पादनका लागि बनाएको बाँधबाट २ सय ८० मेगावाट विद्युत उत्पादन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्