ग्यासको आगलागी नियन्त्रण सम्बन्धी तालिम



न्युज अफ नेपाल, ललितपुर ।

फेन्ड्स सर्भिस काउन्सिल नेपालले घरेलु र ग्यासको आगलागी नियन्त्रण विधि बारे दुई दिन प्रशिक्षण सञ्चालन गरेको छ ।

शहरी क्षेत्रमा विपद् जोखिम न्यूनीकरण र प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ललितपुर महानगरपालिका– १९ संग सहकार्य गरी मंगलबार र बुधबार सो तालिम सञ्चालन गरिएको हो ।

तालिममा आगलागी नियन्त्रण सम्बन्धी सैद्धान्तिक र व्यावहारिक अभ्यास गराइएको थियो । आगलागी, विधुत सर्किटबाट हुने घटनाबाट क्षति हुन नदिन विशेषतः गृहणी महिला, विपद् व्यवस्थापन समितिका सदस्य लगायतलाई तालिम दिइएको कार्यक्रमका सहायक अधिकृत अभिषेक ओझाले जानकारी दिनुभयो ।

१९ वडाका वडाअध्यक्ष विनोद ताम्रकारले सो तालिम उपयोगी र महत्वपूर्ण रहेको बताउनुभयो । विपद्प्रतिको जनचेतना अभिवृद्धि गरी स्थानीयस्तरमा प्रतिकार्य कार्य अघि बढाउन तालिमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने वडाअध्यक्ष ताम्रकारको भनाई रहेको छ ।बहुप्रकोपीय जोखिममा रहेका शहरी क्षेत्रमा विपद् जोखिम न्यूनीकरण गर्ने कार्यक्रम अन्तर्गत काउन्सिलले युएनडिपीको सहकार्यमा १६ र १९ मा विपद् सम्बन्धी विभिन्न तालिम सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्