अब अनलाइनबाटै ट्राफिक जरिवाना तिर्ने व्यवस्था



न्युज अफ नेपाल ,काठमाडौ । महानगरीय ट्राफिक महाशाखाले सवारी नियम उल्लंघन गरेबापत चालकले तिर्नुपर्ने जरिवाना रकम आजदेखी अनलाइन माध्यमबाटै भुक्तानी गर्न पाउने व्यवस्थाको शुरुवात गरेको छ ।

महाशाखाले ट्राफिक नियम उल्लंघन गरेबापत तिर्ने जरिवानालाई अनलाइनबाट पनि भुक्तानी गर्न मिल्ने गरी सफ्टवेयर विकास गरेको हो ।ट्राफिक महाशाखाको ट्राफिक भाइलेसन रेकर्ड सिस्टम(टीभीआरएस), नेपाल सरकारको राजश्व व्यवस्थापन सुचना प्रणाली(आरआईएमएस) र सेवा प्रदायक संस्थाहरु वीच मा आबद्ध भइ रियल टाइममा सम्मनधित बैखको खाता मर्फत जरिवाना रकम भुक्तानी हुने गरि प्रणालीको बिकास गरिएको महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो ।

 

एसएसपी भट्टराईले यस अघि जरिवाना बापतको रकम ट्राफिक प्रहरी कार्यालयमै पुगेर तोकिएको बैंकमा जम्मा गर्नुपर्ने बाध्यताको अन्त्य गर्न घरमै बसेर अनलाइन भुक्तानी गर्न मिल्ने व्यवस्था लागू गरिएको बताउनुभयो । यसले ट्राफिक कार्यालयमा हुने भिडभाडमा कमी आई समयको समेत वचत हुनेछ ।यो अनलाईन प्रबिधि ट्राफिक प्रहरी महाशाखाको लागी माइलस्टोन समेत भएकाले ट्राफिक प्रहरी कार्यालयमा सेवा लिन आउनुपर्ने सम्पुर्ण सेवाग्राहिलाई सहज एव सरल रुपमा सेवा दिन सधै तत्पर रहेको महाशाखाले जनाएको छ ।

यो प्रविधिबाटतोकिएका बैंकको अनलाइन भुक्तानी प्रणालीमा समाबेस गरेर जरिवाना बापतको राजस्व रकम सरकारी राजस्व खातामा जम्मा हुनेछ । । यसअघि सवारी र सवारी कागजपत्र हराएमा अनलाइनबाटै उजुरी दिन र सिफालिस लिन सकिने व्यवस्था लागू भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्