रामकुमारी झाँक्रीलाई कारबाही गर्न अनेमसंघको ज्ञापन पत्र गृहमन्त्रीलाई



न्युज अफ नेपाल , काठमाडौं । नेकपाको ओली पक्षीय अखिल नेपाल महिला संघ(अनेमसंघ)ले विघटित प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीलाई कारबाही गर्न माग गरेको छ। माघ १६ गते गोरखाको सिरानचोक गाउँपालिकाको एक कार्यक्रममा नेकपा दाहाल–नेपाल समूहकी नेतृ तथा विघटित प्रतिनिधिसभा सदस्य रामकुमारी झाँकीले राष्ट्रपति विद्यादेवी भण्डारीको चर्को आलोचना गरेकी थिइन् ।

नेतृ झाँक्रीले राष्ट्रपति भण्डारीको चरित्र हत्या गर्दै विभिन्न लाञ्छना, गाली बेइज्जती गरी व्‍यक्तिगत, पारिवारिक तथा राष्ट्रपति कै इज्जतमा समेत धक्का पुर्‍याउने नियतले आपत्तिजनक र अपमानजनक शब्दहरु प्रयोग गरेकाले कानुनबमोजिम कारबाही गर्न माग गरिएको छ।

बुधबार गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाउँदै अनेमसंघले झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीको चरित्र हत्या गरेको भन्दै प्रक्राउ गरी कारबाही गर्न माग गरेको हो।

प्रतिक्रिया दिनुहोस्