बालबालिकाका लागि प्रेरक व्यक्तित्वका संक्षिप्त जीवनी ‘केही प्रसिद्धव्यक्तित्व’



काठमाडाैं  । बालबालिकाका लागि प्रेरक व्यक्तिहरुको संक्षिप्त जीवनी ‘केही प्रसिद्ध व्यक्तित्व’ कथालयबाट प्रकाशित भएको छ। पुस्तक जयप्रसाद लम्सालको संकलन तथा सम्पादनमा तयार भएको हो। राष्ट्रिय-अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त आठ जना व्यक्तित्वहरुका संक्षिप्त जीवनी समेटिएको पुस्तकमा समित श्रेष्ठको चित्राङ्गन रहेको छ।

संग्रहमा लियो टोल्सटाय देखि लक्ष्मीप्रसाद देवकोटा सम्मका रोचक र प्रेरणादायी जीवनी पढ्न पाइन्छ। विभिन्न समयमा आ—आफ्नो क्षेत्रमा मानव जातिका लागि अमूल्य योगदान दिएका अमर व्यक्तित्वका संघर्षको कथाले पाठकलाई प्रेरणा प्रदान गर्छ।प्राथमिक पाठ्यक्रम पाठ्यपुस्तक विकास एकाइ र आधारभूत तथा प्राथमिक शिक्षा विकास परियोजना, २०५५ अन्तर्गत प्रकाशित ‘केही अमर मानिसहरु’ को दोस्रो संस्करणको रुपमा यो संग्रह प्रकाशित भएको हो।

बालबालिकाका लागि यो पुस्तक अनुयायी व्यक्तित्वका जीवन चिहाउने र आफू बाँचिरहेको समाज बुझ्ने एउटा माध्यम हुन सक्छ।यस पुस्तकहरुको विस्तृत विवरण यसै email मा संलग्न Press Release  मा रहेको छ। यसको जानकारी आम पाठकलाई यहाको मिडिया मार्फत् गराइ सहयोग गरीदिनुहुन हार्दिक अनुरोध गर्दछु।

 

प्रतिक्रिया दिनुहोस्