आफैले लगाएको आगोमा परी बालकको मृत्यु



रामधन राई, खोटाङ। खोटाङमा खरको माचमा लागेको आगोमा परी ७ वर्षिय बालकको मृत्यु भएको छ । साथीहरुसँग खेल्नेक्रममा आफैले खेलाएको आगो घाँसको माँचमासल्किएपछि रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानी सिम्लेका सात वर्षीय जेसन मगरको मृत्यु भएको हो ।

पुरानो घर भत्किएपछि त्यहिमाथि टाँड छापेर गाईवस्तुलाई खुवाउन घाँसको लागि राखिएको खर लगायतमा मंगलवार साँझ आगो सल्किएपछि मगरको मृत्यु भएको हो । विद्यालयबाट आएपछि घरमा कोहि नभएको समयमा आगो खेलाउँदा अनियन्त्रित भएर माँचमा सल्किएको हुनसक्ने स्थानीय बासिन्दाले बताएका छन् ।

आगो लागेपछि साथीहरु भाग्न सफल भएपनि जेसन भाग्न असफल भएको वडाध्यक्ष ज्ञानबहादुर पाण्डेले बताउनुभयो । घटनास्थलमै ज्यान गुमाएका जेसनको शव परीक्षण गर्न प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्क पठाइएको गाउँपालिका प्रमुख लीलानाथ निरौलाले जानकारी दिनुभयो । दुई छोरा र एक छोरीका बुबा उत्तम मगरको कान्छा छोरा जेसन बाल विकास केन्द्र सिम्लेमा अध्ययनरत विद्यार्थी हुन् ।

प्रतिक्रिया दिनुहोस्