सिन्धुलीगढीमा राजु



गायक राजु बरालले कति राम्रो फूल फुलेको सिन्धुलीगढीमा बोलको गीत म्युजिक भिडियोसहित दर्शकमाझ सार्वजनिक गरेका छन्। गीतमाथि सुन्दर म्युजिक भिडियो पनि निर्माण गरिएको छ।

म्युजिक भिडियोले मायाप्रेमको भाव साट्दै सिन्धुलीको सुन्दरता वर्णन गरेको छ।
आफ्नो १३औं गीतका रूपमा गायिका मेलिना राईस“ग स्वर मिलाएका राजुले गीतमार्फत् गायनसँगै जन्मथलोको सुन्दरता संसारमाझ पु¥याउने प्रयास गरेको बताए।

२०३८ सालमा फिक्कल–५, सिन्धुलीमा जन्मेका राजुले गुरुदेव कामतलाई संगीतको गुरु स्थापना गर्दै २०६९ सालमा पहिलो गीत रेकर्ड गराएका थिए। उनको सिन्धुलीगढीमा बोलको गीतमा शब्द तथा संगीत राजनराज शिवाकोटीको रहेको छ।

एमोस तामाङको एरेन्ज तथा श्यामश्वेत रसाइलीको मिक्सिङ रहेको भिडियोको छायांकन उत्सव दाहालले गरेका छन्। भिडियोमा निराजन प्रधान र कुसुम गुरुङले अभिनय गरेका छन्। विकास दाहालले सम्पादन गरेको भिडियोको कोरियोग्राफी गोविन्द राईले गरेका छन् भने भिडियो निर्देशन राजेश पुमा राईले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्