कांग्रेस चुनावबाट पछि नहट्ने



काठमाडौं, (नेस)

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता शंकर भण्डारीले देशमा नयाँ जनादेशको आवश्यकता भएको बताउनुभएको छ । काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले नयाँ जनादेशमा जाने विषय मुलुकको आवश्यकता भएकाले कांग्रेस चुनावबाट पछि नहट्ने प्रस्ट पार्नुभयो ।

सरकारले जनमतको अपमान गरेको आरोप लगाउँदै उहाँले नेकपाले सरकार चलाउन सक्दैन भन्ने पुष्टि गर्ने विभिन्न आधारहरु भएको जनाउनुभयो । उहाँले देश र जनताको पक्षमा काम गर्न नसकेकाले सरकार सञ्चालनमा नेकपा पूर्णरुपमा असफल भएको दाबी गर्नुभएको छ ।

सरकारको नेतृत्व गर्नेहरु स्वार्थमा लिप्त भएकोले संस्थागत भ्रष्टाचार मौलाएको उहाँको भनाइ छ ।संवैधानिक निकायलाई अघोषितरुपमा कब्जामा लिएर, प्रशासनिक निकाय र सुरक्षा निकायलाई पनि प्रभावमा पार्ने काम बर्तमान सरकारबाट भएको उहाँले बताउनुभयो ।

एक अर्को प्रसंगमा उहाँले प्रतिनिधिसभासम्बन्धी अदालतको फैसलालाई कांग्रेसले सम्मान गर्ने बताउनुभयो । कांग्रेसले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेको नेता भण्डारीले स्पष्ट पार्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्