पत्रकार महासंघ पर्साद्वारा दुईजना वरिष्ठ पत्रकार पुरस्कृत



कृष्णउदास खनाल, वीरगन्ज । नेपाल पत्रकार महासंघ पर्सा शाखाको २४ औं साधारण सभा मंगलबार सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा अध्यक्ष श्याम बन्जाराको अध्यक्षतामा उदघाटन सत्र र बन्द सत्रका दुबै सभा सम्पन्न भएको हो । नेपाल पत्रकार महासंघ केन्द्रिय सचिव रामप्रसाद दाहालले साधारणसभाको उदघाटन गर्नुभएको थियो ।

कार्यक्रममा पत्रकार महासंघ पर्साले स्थापना गरेको गोपाल गिरी स्मृति पत्रकारिता पुरस्कारबाट पर्सामा दुईजना कृयाशिल पत्रकारलाई नगद पुरस्कार सहित पुरस्कृत गरिएको छ । पर्साका पत्रकार गया यादव र कन्हैयालाल केशरीलाई दोसल्ला सहित नगद २५,२५ हजार रुपैयाँका दरले पुरस्कृत गवरिएको छ । कार्यक्रममा नेकपा ओली समूहका जिल्ला इचार्ज प्रभु हजरा,पत्रकार महासंघ प्रदेश नम्बर २का अध्यक्ष दीपेन्द्र चौहान,उपाध्यक्ष केसी लामिछाने,पर्साका प्रहरी उपरीक्षक बलबहादुर पाँण्डे,सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का, पत्रकार महासंघ पर्साका उपाध्यक्ष अनुप तिवारीले स्वागत गरेको कार्यक्रममा पूर्वअध्यक्ष अशोक तिवारी, प्रेस संगठन नेपाल पर्साका संयोजक निरज पिठाकोटे, प्रेस युनियन पर्साका उपाध्यक्ष विजय चौहान, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ पर्साका कार्यवाहक अध्यक्ष अतिज भूजेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा केन्द्रीय सचिव शीतल महतो, कोषाध्यक्ष राजेश मिश्रा, लगायतको पनि उपस्थिति थियो ।

महासंघ पर्साका सचिव युवराज खड्काले संचालन गरेको कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी आशमन तामाङ, जनता समाजवादी पार्टीका पर्सा अध्यक्ष रामरेश यादव, नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेल लगायतले पनि शुभकामना मन्तब्य राख्नु भएको थियो । यसैबीच सभाले सचिव युवराज खड्का र कोषाध्यक्ष भूषण यादवले प्रश्तुत गरेको सांगठनिक तथा आर्थिक प्रतिवेदन पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्