मादक पदार्थ सेवन गरेर आफ्नै घरमा चोरी गर्ने तीन जना पक्राउ



सल्यान । मादकपदार्थ सेवनगर्ने पैसा नभएपछि सल्यानमाआफ्नै घरमाचोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै घरमाचोरी गरेको आरोपमा दार्मा गाउँपालिका र बनगाड कुपिण्डे नगरपालिकाबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमादार्मा गाउँपालिका २ मेलटाकुरीका २८ वर्षीय लालबहादुर सुनार, बनगाड कुपिण्डे नगरपालिका ५ को २७वर्षीय मेघराज साहु र चोरीका गरगहनाकिन्ने सिद्ध कुमाखगाउँपालिका ३ ढोरचौरमा सुन पसलगर्दै आइरहेका ३० वर्षीय विर बहादुर विकरहेको जिल्लाप्रहरी कार्यालय सल्यानले जनाएको छ ।

सुनारले ६ आनाका सुनकानमालगाउने बाली, १५ हजार रुपैयाँ बराबरको मोबाइल र साहुले एक तोला सुनको सिक्री, एक तोलाकै सुनको बाला, नागरिकताको प्रमाण पत्र र लत्ताकपडा चोरी गरेको प्रहरी प्रमुखगोबिन्दथापाले बताउनु भयो ।मादकपदार्थ सेवनगर्न परिवारले पैसा नदिए पछि आफ्नै घरमाचोरी गरेको बयानदिएको उहाँले बताउनु भयो ।पक्राउ परेकातीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानकाभइरहेको प्रहरी प्रमुखथापाको भनाई छ ।चालु आर्थिक वर्ष २०७७-०७८ को ६ महिनामा ६ वटा चोरीका घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्