आज प्रचण्ड -नेपाल समूह निर्वाचन आयोग जाने



काठमाडौं ।आज निर्वाचन आयोग नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूह जाने भएको छ । सोमबार बसेको केन्द्रीय समिति बै‍ठकले पार्टीको आधिकारिकता दाबी गर्न निर्वाचन आयोगमा जाने निर्णय गरेको थियो । त्यही निर्णय अनुरुप आज बिहान ११ बजे पार्टीको आधिकारिकता दाबी गर्ने पत्र लिएर आफूहरू आयोगमा जान लागेको स्थायी समिति सदस्य लिलामणि पोखरेलले जानकारी दिए । आयोगमा आफूसहित नेताहरू सुरेन्द्र पाण्डे र राजेन्द्र पाण्डे आयोगमा जाने पोखरेलले जानकारी दिए ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिता दाबी गर्ने निर्णय नेकपाको  प्रचण्ड- नेपाल समूहको सोमबार बसेको केन्द्रीय समितिले गरेको थियो । बहुमत केन्द्रीय सदस्यहरू आफूसँगै रहेको भन्दै यो समूहले आफूले नै आधिकारिकता पाउनुपर्ने दाबी गर्दै आएको छ ।समूहको सोमबारको बैठकले प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीलाई साधारण सदस्यसमेत नरहनेगरी हटाएको थियो । समूहले यसअघि नै ओलीलाई अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्ष बनाएको छ ।

दुवै समूहले राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार त्यही विवरण अध्यावधिक गर्न आयोगलाई पत्र लेखेका थिए । तर आयोगले दुवै पक्षको आग्रह अस्वीकार गर्दै कानुनीरूपमा नेकपा एक रहेको जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्