ज्याकलिन अब हलिउड फिल्ममा



प्रियंका चोपडा, दीपिका पादुकोणजस्ता बलिउडका केही अभिनेत्रीले हलिउडमा पनि अभिनयको माध्यमबाट आफ्नो पहिचान बनाइसकेका छन्। अब श्रीलंकन मूलकी बलिउड अभिनेत्री ज्यकलिन फर्नान्डिसले पनि हलिउड उडान भर्ने भएकी छिन्।

वेब दु्नियामा प्रकाशित समाचारअनुसार ज्याकलिन अब फिल्म ओमेन्स स्टोरिजमार्फत हलिउड फिल्ममा डेब्यु गर्ने तयारीमा छिन्। समाचारअनुसार ज्याकलिनले उक्त फिल्ममा अभिनय गर्ने गरी साइन गरिसकेकी छिन्।

विभिन्न ६ हिस्सामा बा“डिएको भनिएको उक्त फिल्मको प्रत्येक हिस्सा विश्वका अलग–अलग महिला निर्देशकले निर्देशन गर्ने र ज्याकलिनले अभिनय गर्ने फिल्मको भाग भने बलिउड निर्देशक लिना यादवले निर्देशन गर्ने छिन्।

जसले यसभन्दा अघि पाच्र्ड, शब्द, तीन पत्ति, राजमा चावलजस्ता फिल्मको निर्देशन गरेकी थिइन्। सेयसरिङ अ राइड नाम दिइएको उक्त फिल्मको भागमा ज्याकलिनका साथ नेपालकी तेस्रोलिङ्गी मोडल अञ्जली लामाको पनि अभिनय रहने बताइएको छ।

विभिन्न क्षेत्रका महिलासँग सम्बन्धित कहानीमा आधारित हुने भनिएको फिल्ममा कारा डेलेविङगने, इवा लोगोरिया, मार्गेरिटा बाय, मार्सेया गे हार्डेनजस्ता हलिउड कलाकारको पनि अभिनय रहने बताइएको छ।

सन् २००६ की मिस श्रीलंका युनिभर्ससमेत रहेकी ज्याकलिनले सन् २००९ मा फिल्म अलादिनमार्फत बलिउडमा डेब्यु गरेकी थिइन्। बलिउडमा आफ्नो अलग पहिचान बनाउन सफल ज्याकलिन छिट्टै अक्षय कुमारका साथ फिल्म बच्चन पाण्डेमा देखिन लागेकी छिन् भने यसपछि आउने उनका फिल्महरुमा सर्कस, अट्याक र किक–२ रहेका छन्।

प्रतिक्रिया दिनुहोस्