ओझेलमा रसुवाको धार्मिकस्थल ‘मेच्यु-डुप्च्यो’



सरस्वती न्यौपाने, रसुवा।

जिल्ला को गोसाईकुण्ड गाउँपालिका वडा नम्बर ५ सोलेबाट दुई घण्टाको उकालो चढेपछि पुगिने मेन्च्यु डुब्च्यो धार्मिक पर्यटकिय स्थल स्थानीय सरकारको ध्यान नपुग्दा अझै पनि गुमनाम रहेको छ ।

यस ठाउँलाई तामाङ भाषामा मेच्यु डुप्च्यो भनिन्छ । कुनै मानब निर्मित नभई प्राकृतिक रुपमा नै पहरो बाट पानी आएको छ । यसको महत्व र महिमा बेग्लै किसीमको रहेको छ । वर्षेनी माघ एक गते मेला लाग्ने यस ठाउमा लामा झाक्रीहरुले पाठ पुजा गर्ने गर्छन । जे मागे तेही पुग्ने किम्बदन्ती रहेको छ । उतिबेला घनाघोर जंगल ठुलो पहरो रहेको झारी नै झारी भएको ठाँउमा सोले, भिमली बोकेझुण्डा का मानिसहरु गाई बस्तु चराउन घाँस काटन जाने क्रममा पहरोको फेदबाट पानी झरिरहेको आवाज सुने केहो भनेर हेर्दा एकदिन त अलमल परे । के रहेछ त भनेर झारीहरु फाडेर हेर्दा त पानी झरीरहेको देखे अचम्म मान्दै मुख धोए कसैले नुहाए पछि त्यहाँ बाट घर फर्किए ।

त्यसपछि तामाङ परम्परा अनुसार पाठ–पुजा गरेपछि त्यहाँको पानी घर लिएर गए गाईबस्तु लगायत घर परिबारले समेत मुख धोए पछि मुखमा भएको दागहरु पनि हरायो गाई बस्तु लगाएत घर परिबारले समेत मुख धोएर मुखमा भएको दागहरु पनि हरायो ।

देवि शक्ति हो भन्दै लोकल अण्डा लोकल रक्सी दुध चामलको पिठो चठाउन थाले केही आपत विपत नपरोस भनेर क्षमा पुजा समेत गर्न थाले

नबोल्ने बच्चाहरु समेत यस ठाउँमा लगेर मुख धोएर पुजा गरेपछि बोल्ने किम्बदन्ती रहेको छ । यस ठाउँ भूकम्प अघि बाटो राम्रो थियो भुकम्प बाटो भत्काई दियो स्थानीय सरकारले बाटो–घाटो राम्रो बनाई दिए भने पर्यटकिय हव वन्न सक्छ ।

आन्तिरक तथा बाहय पर्यटक हरुलाई त्यसै आकर्षित हुन्छ । यस ठाउँको प्रचार प्रसार बाटोमा सहजता भएमा पासाङ ल्हामु राजमार्ग बाट हिडनेलाई सबा १ घण्टा विस्तारै हिडने लाई दुर्इ घण्टा लाग्नेछ ।
नजिकको तीर्थहेला भने झै यस ठाँउलाई पछाडि परिएको छ ।

प्रकृतिले दिएको अनुपम उपहार र देवता ले बास गरेको यस ठाउँको बारेमा स्थानीयहरु बाहेक कसैलाई थाहाक छैन । प्रचार प्रसारको कमी स्थानीय सरकारको पनि बेवास्ता भएको ठाउँ दुप्चे स्थानीयहरुले महत्वका साथ तामाङ परम्परा अनुसार पुजा पाठ गर्दछन । मेन च्यु डुब्च्यो भनेको

देवताहरुले वास गरेको ठाउँ हो । स्थानीय सरकारले चासोको विषय नबन्दा ओझेलमा परेको छ ।संरक्षण र सम्र्बदन प्रचारको पर्खाईमा रहेको डुब्च्यो कमा कसैको ध्यान नगएकोमा झाक्रि किप्पा सोनाम वाइवा वताउनु हुन्छ ।

लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र पर्ने यस ठाउँमा जैविक विविधताको संरक्षणका साथै प्रकितिको समेत हुन्छ । यहाँका मानिस आफ्नो संस्कार अनुसार धर्म कर्ममा विश्वास गर्ने गर्दछन ।

प्रतिक्रिया दिनुहोस्