स्याफ्रु-रसुवागढी सडक स्तरोन्नतिको काम चैत्र देखि सुरु हुने



सरस्वती न्यौपाने, रसुवा ।

अन्तराष्ट्रिय नाका रसुवागढी नाका जोड्ने स्याफ्रु—रसुवागढी सडक खण्डको स्तरोन्नती काम चैत्र देखि सुरु हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरण ले जिम्मा लिएको बिजुलीको पोल सार्ने काम आउँदो चैत्र सम्ममा सकिने भएकाले त्यस लगतै काम सुरु हुने भएको हो ।चिनियाँ लगानिमा चिनियाँ निर्माण कम्पनिले जिम्मा पाएके स्तरोन्नति को ढिलाइ हुदा सुरु हुन सकेको छैन ।

गत चैत्र देखि विद्युतको पोल सार्ने काम सुरु गरेको प्राधिकरणले आलटाल गर्दै काम नगरेको गुनासो स्थानिय ले गरेका छन् केहि ठाउँमा मुआवजा वितरण भई नसकेकाले बाँकी क्षेत्रमा पोल सार्ने काम भइरहेको नेपाल विद्युत प्राधिकरण ले धुन्चे वितरण केन्द्र ले जनाएको छ ।

कोरोना भाइरसका कारण काममा ढिलाइ भएको रटेलिफोन तार तथा फाइबर नेटवर्क को तार नसारिएको कारण ढिलाइ भएको हो ।यसैगरि तातोपानी क्षेत्रमा मुआवजा वितरण नभएका कारण स्थानियको अवरोध भौगोलिक विकटता लगाएत का कारण काम मा ढिलाइ भएको पनि प्राधिकरण ले जनाएको छ ।स्याफ्रु चौकि देखि रोङगा पुल र लिङ लिङ सम्म को पोल सार्ने काम अन्तिम चरणमा पुगोको छ ।

विगतको सम्झौता अनुसार प्राधिकरणले यहि पुष महिना भित्र पोल सार्नुपर्ने काम सकाउनु पर्ने भएपनि विविध कारणले चैत्र महिना सम्मको म्याद थप भएको छ ।सडक खण्डमा पर्ने तीन सय २५ वटा पोल हटाउनु पर्नेमा करिब ५० प्रतिशत पोल हटाइएको गल्छी—त्रिशुली—मैलुङ—स्याफ्रुबेशी—रसुवागढी सडक आयोजनाले जनाएको छ ।साइड सफा भएपछि काम सुरु हुने बताइएको छ ।

चैत्र सम्ममा प्राधिकरणले पोल सारिसक्ने बताएपछि सडक क्षेत्रमा पर्ने घर टहरा हटाउने र तातोपानि क्षेत्र का प्रभावित लाई मुआवजा दिने काम नेपालि पक्षले गर्नुपर्नेछ ।यी तीन वटानै काम सकिएपछि चिनिया पक्षले काम अघि बढाउनेछ ।रसुवागढी नाका जोड्ने यो सडकको स्तरोन्नती १४ महिना अघि सुरु गरिएको थियो चिनिया टोली आएर २०७६ असोज मा नै स्तोरन्नती सुरु भएको घोषणा गरेको थियो ।

नेपाली पक्षले साइड सफा गरेपछि स्तरोन्नती अघि बढाउने बताएर टोली चीन फर्किएको थियो ।त्यस को केहि महिनापछि विश्वव्यापि फैलिइएको कोभिड —१९ का कारण काम प्रभावित बन्यो ।

३९ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरि चिनिया टोलिले काम अघि बढाएपनि कोभिड —१९ ले यस अघि प्रत्यक्ष असरका कारण समयावधि लम्बिएको हो ।स्याफ्रु रसुवागढी सडकको दुरी १७ किलोमिटर रहेको छ जसमा चिनिया पक्षले १५ दशमलव आठ किलोमिटर स्तरोन्नती गर्ने छ यो अहिले एक लेनको सडक बनाउने छ ।यो सडक खण्डको स्तोरन्नती चीन सरकारको अनुदान सहयोगमा हुन लागेको हो ।योजना अनुसार तिब्बत थियानलु कम्पनि लिमिटेड ले सडकको स्तरोन्नति गर्ने छ ।

स्याफ्रुबेसि—रसुवागढी सडक खण्ड को विस्तृत परियोजना प्रतिबेदन डिपिआर तयार भइसकेको छ तर निर्माण गरिएको डिपिआर ले स्याफ्रुका बासिन्दालाई असर पर्ने देखिए पछि शंसोधनको लागी प्रस्ताव गरिएको योजना प्रमुख नारायण दत्त भण्डारिले बताउनुभयो सडक सीधा बनाउने छेउपट्टीका घर मात्र भत्काउने गरि डिपिआर तयार भएकाले संशोधन गर्न लागेको बताइएको छ ।

उक्त सडक चीन् सरकारले स्तरोन्नती गरेर नेपाल सरकारलाई हस्तानान्तरण गर्नेछ यो सडक निर्माण भएपछि नेपाल चीन बीच हुने व्यापारमा सहज हुने छ ।

प्रतिक्रिया दिनुहोस्