भारतद्वारा सवैभन्दा बढि अनुदान रकम भुटानलाई ,नेपालले पाउने अनुदानमा बृद्धि



न्युज अफ नेपाल , काठमाडौं । भारतले चालु बर्षको लागि सार्क राष्ट्रलाई दिने अनुदान रकममा बृद्धि गरेको छ । आर्थिक वर्ष २०२१ -२२ का लागि सोमबार भारतीय वित्त मन्त्री निर्मला सीतामरणले सार्वजनिक गर्नु भएको केन्द्रिय बजेटमा सार्क राष्ट्रलाई दिइने अनुदान रकममा गरेको हो ।
सार्क राष्ट्रमध्ये भुटानले सवैभन्दा बढि भारु रुपयाँ पाउने भएको छ । आंकडा अनुसार आर्थिक बर्ष २०२१-२२ मा भूटानले भारतबाट ३० अर्ब ४ करोड भारु पाउने भएको छ । चालु आव २०२०-२१ मा भने भुटानले २२ अर्ब ६१ करोड भारु रकम प्राप्त गरेको थियो । यो भन्दा अगाडिका बर्षमा पनि भारतले विभिन्न मुलुकलाई दिने अनुदानमध्ये सबैभन्दा बढि रकम भूटानलाई छुट्टयाउने गरेको थियो ।यस्तै भारतले नेपाललाई आर्थिक बर्ष २०२१्-२२ का लागि दिइने वार्षिक अनुदान रकम गतबर्ष भन्दा वृद्धि गरेको छ । नेपालले पाउने वार्षिक अनुदान अघिल्लो आर्थिक वर्षको तुलनामा भारु १ अर्ब १२ करोड बढि हो ।

भारतीय वित्त मन्त्रालयका अनुसार आर्थिक बर्ष २०२१-२२ का लागि नेपालले भारतबाट ९ अर्ब ९२ करोड भारु प्राप्त गर्ने भएको छ । भारतले आव २०२०-२१ को बजेटमा भने नेपालले दिइने अनुदानमा भारी कटौती गरेको थियो । आज (सोमवार)सार्वजनिक भएको बजेटमा भने नेपालले पाउने अनुदानमा वृद्धि भएको हो । यस्तै अफगानिस्तानले ३ अर्ब ५० करोड, बंगलादेशले २ अर्ब , श्रीलंकाले २ अर्ब, माल्दिभ्सले २ अर्ब ५० करोड र म्यान्मारले ४ अर्ब रुपैयाँ भारु पाउने भएको छ । भारतले सार्वजनिक गरेको बजेटमा सवै राष्ट्रको अनुदान रकममा बृद्धि भएको तथ्याङ्ले देखाएको छ । बजेट २०२१ अप्रिल महिनादेखि कार्यान्वयनमा आउने भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्