नेपालमा पहिलो पटक गहतराज सञ्जाल कपकाे आयोजना हुने



काठमाडौं । गहतराज सञ्जालको राजधानी समन्वयन समितिले नेपालमा पहिलो पटक ‘गहतराज सञ्जाल कप’ आयोजना गर्ने भएको छ । गहतराज सञ्जालको दोस्रो बार्षिक उत्सवको अवसमार राजधानी समन्वयन समितिले स्वास्थ्यका लागि खेलकुद, जीवनका लागि खेलकुद भन्ने प्रथम गहतराज सञ्जाल कप’ आयोजना गर्न लागेको हो ।

सञ्जालले आगामी चैत १२ गतेदेखि १४ गतेसम्म काठमाडौंको तारकेश्वर नगरपालिका १० मनमैजुमा उक्त मेला गर्र्ने छ । गहतराज सञ्जाल कप अन्तरगत अन्तर बिश्वकर्मा व्याडमिन्टन प्रतियोगिता गरिने बताइएको छ । उक्त खेल आगामि चैत १२ गतेदेखि मनमैजु स्थित फोर जी हलमा सुरु गरिने आयोजकको भनाइ छ ।व्याडमिन्टन खेल पुरुष डबल, पुरुष सिङगल, मिक्स डबल हुने आयोजकले जनाएको छ ।

पुरुष डबल तर्फ प्रथम, द्धितीय र तृतीय हुने प्रतियोगिहरुले क्रमश १५ हजार, १० हजार र ५ हजार सहित मेडल ट्रफि र प्रमापत्र प्राप्त गर्ने छन् । यस विधा तर्फको टिम दर्ता शुल्क २ हजार तोकिएको छ ।पुरुष सिङ्गाल तर्फ प्रथम, द्धितीय र तृतीय हुने प्रतियोगिहरुले क्रमश ६ हजार, ४ हजार र २ हजार सहित मेडल ट्रफि र प्रमापत्र प्राप्त गर्ने छन् । यस विधा तर्फको इन्ट्री शुल्क १ हजार तोकिएको छ ।त्यस्तै मिक्स डबल तर्फ प्रथम, द्धितीय र तृतीय हुने प्रतियोगिहरुले क्रमश ६ हजार ४ हजार २ हजार सहित मेडल ट्रफि र प्रमापत्र प्राप्त गर्ने छन् । यस विधा तर्फको इन्ट्री शुल्क १५ यस तोकिएको छ ।

खेलको उद्घाटन समारोह चेत्र १२ गते विहान ११ बजे हुने बताइएको छ । खेलाडीहरुले चैत्र १० गते विहान १० बजे सम्ममा नाम दर्ता गरिसक्नु पर्ने गहतराज सञ्जाल राजधानी समन्वय समितिले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्