सेनाका बख्तरबन्द गाडीले चक्रपथ परिक्रमा गर्दै



काठमाडौं । नेपाली सेनाका करीब १० बख्तरबन्द गाडीले आज राति चक्रपथ परिक्रमाको अभ्यास गर्दैछन् । सेनाको नियमित अभ्यासअनुसार नै ती गाडीले चक्रपथको चक्कर लगाउने योजना बनेको हो ।

मुलकका आठवटै पृतनाअन्तर्गतका ‘मेकनाइज्ड युनिट’बाट पनि यही माघ २१ गते देशका विभिन्न स्थानमा बख्तरबन्द गाडीको अभ्यास हुुने सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो । नियमित भए पनि सो अभ्यासबारे सर्वसाधारणलाई समयमै जानकारी दिने हेतुले सेनाले त्यसबारे सूूचना जारी गरेको छ ।

सेनाले आफ्ना साधनको प्रयोगमा चालकको आत्मविश्वास जगाउन पनि यसखाले नियमित अभ्यास गर्दै आएको छ । विगतमा यस्तो अभ्यास सीमित स्थानमा हुने गथ्र्यो । सर्वसाधारण नागरिकलाई आवतजावतमा असहज नहोस् भन्ने ध्येयले रातका समयमा उक्त अभ्यास गर्न लागिएको सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्