भक्तपुरको खौमामा ईन्दायनी बुटिक होटल संचालन



न्युज अफ नेपाल, भक्तपुर । भक्तपुरको दरवार क्षेत्र स्थित खौमा चोकमा शनिवारबाट ईन्द्रायनी बुटिक होटल संचालनमा आएको छ । कोरोना महामारीका कारण थला परिरहेको पर्यटन उद्योग क्षेत्रलाई उत्थान गर्न भक्तपुरका सुरेन्द्र प्रजापतिले ८ करोड रुपैया लगानीमा होटल संचालनमा ल्याएका हुन् ।

कोरोना महामारी पछि भक्तपुर घुम्न आउने पर्यटकलाई लक्षित गरि सस्तो र सुलभ मूल्यमै ईन्दायनी बुटिक होटल संचालनमा ल्याएको संचालक प्रजापतिले बताउनुभयो ।कोरोना महामारी विरुद्धको खोप आइसकेको अवस्थामा पनि बाह्य पर्यटकहरु आवगमन थप्प प्राय छ । तर प्रजापतिले विभिन्न आर्कषक प्याकेज नै ल्याएर नेपाली पर्यटकहरुलाई लोभ्याउने तरखरमा छन् ।

एक सय बर्ष भन्दा पनि पुरानो कलात्मक बुट्टेदार परम्परागत काष्ठकला प्रयोगगरि नेवारी परम्परा झल्किने गरि करिव ५ आना क्षेत्रफलमा होटल निर्माण गरिएको छ । होटलमा १९ वटा कोठा छ भने एकै पटक ५० जना सम्म पर्यटकलाई सेवा दिन सकिने संचालक प्रजापति बताउनुहुन्छ ।होटलको एक कार्यक्रममा विच होटल एसोसिएसन नेपालमा उपाध्यक्ष विनायक शाहले उद्घाटन गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्