त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अब १८ घण्टा मात्र चलाईने



Photo by Jitendra Raj Bajracharya Photo credit to read – Jitendra Raj Bajracharya © 2012

न्युज अफ नेपाल, काठमाडौं ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल दैनिक १८ घण्टा मात्र चलाउने तयारी भएको छ । यसअघि दैनिक २१ घण्टा चलाईँदै आइएको विमानस्थलको सञ्चालन समय दैनिक १८ घण्टामा झारिने तयारी रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

यस विषयमा केही दिनमै निर्णय हुने पनि विभागले बताएको छ । दैनिक २१ घण्टा सञ्चालन गर्दा खर्च धेरै बढ्ने भएकाले सञ्चालनको समय १८ घण्टामा झार्न लागिएको बताइएको छ ।

विमानस्थल हाल बिहान ६ बजेदेखि अर्को दिन बिहान ३ बजेसम्म विमानस्थल सञ्चालनमा आइरहेको छ । पछिल्लो समय कोरोना महामारीका कारण विमानस्थल संचालन खर्चमा मितव्ययीता कायम बन्न यसो गर्न लागिएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्